जहाज दुर्घटनाः मृतकका शव परिवारलाई बुझाइयो

काठमाडाैं | जेठ १९, २०७९

जहाज दुर्घटनाः   मृतकका शव परिवारलाई बुझाइयो

काठमाण्डौँः    तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । 

 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।

 

 मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ । 

 

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । 

 

उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्